https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, जेष्ठ १८ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आज मटिहानी नगरपालिका–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिरसियामा अध्ययनरत छात्र–छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

उक्त पोशाक वितरण कार्यक्रम नगर प्रमुख श्री हरि प्रसाद मंडल र वडा नं. १ का वडा अध्यक्ष श्री शिव शंकर रायको संयुक्त प्रमुख अतिथिमा वितरण गरिएको हो । कार्यक्रम अन्तर्गत सो विद्यालयमा बालविकास कक्षादेखि कक्षा १० सम्म अध्ययनरत १९६ जना छात्र र २०९ जना छात्रा गरी जम्मा ४०५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक श्री राम श्रेष्ठ ठाकुरले जानकारी दिनुभयो ।

कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री श्रीश कुमार मिश्र, विद्यालय व्यवस्थापन समितिका सदस्य श्री बेचन मण्डल, लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय नेता मुसाफिर सहनी, विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन विद्यालय प्रशासनले गरेको थियो भने कार्यक्रममा उपस्थित अभिभावक तथा स्थानीय बासिन्दाले यस्ता सहयोगमूलक कार्यक्रमले शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

विद्यालय पोशाक प्राप्त गरेका विद्यार्थीहरुमा हर्ष एवं उत्साह देखिएको थियो । नगरपालिकाको यस्तो सहयोगले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरुको विद्यालयमा निरन्तर उपस्थितिमा समेत टेवा पुग्ने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार