गाैशाला, जेष्ठ १९ गते ।
बालविवाह न्यूनीकरणका उद्देश्यले महाेत्तरीकाे मटिहानी नगरपालिकामा जनचेतनामूलक सडक नाटक कार्यक्रम सुरु गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा यो कार्यक्रम आज वडा नं. १ बाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

नगरपालिकाले विगत चार वर्षदेखि बालविवाहजस्तो सामाजिक कुरीतिविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सडक नाटकमार्फत समुदायमा चेतना फैलाउने प्रयास गरिएको शाखा प्रमुख दीपा दासले जानकारी दिनुभयो ।

रंग दर्पण, जनकपुरधामको प्रस्तुतिमा सञ्चालन भइरहेको नाटक मटिहानी नगरपालिकाका वडाहरू—६, ७, ३, २ र ९ का १० स्थानहरूमा मञ्चन गरिनेछ ।
कार्यक्रमको दोस्रो दिन, आज वडा नं. ६ मा आयोजना गरिएको नाटकमा नगर प्रमुख हरि प्रसाद मण्डलको उपस्थिति थियो । प्रमुख मण्डलले बालविवाहजस्तो सामाजिक विकृतिविरुद्ध समुदायमा सचेतना फैलाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा राख्नुभयो ।



