https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, जेष्ठ २० गते ।
झापामा खोकीको औषधि भन्दै विष खुवाएर श्रीमतीको हत्या गर्न खोज्ने एक युवक पक्राउ परेका छन। पक्राउ पर्ने सप्तरीको शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय दिलीपकुमार मरिक (डोम) हुन।

दमक नगरपालिका –१, सुम्निमा टोलमा डेरा गरी बस्ने दिलिपले गत १० चैतको बिहान करिब ८ बजे श्रीमती रेनु मरिकलाई खोकी लागेको बेला ‘कफ सिरप’ भन्दै विष सेवन गराई ज्यान लिने प्रयास गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यसअघि पनि आफूलाई आगो लगाएर मार्न खोजेको भन्दै रेनुले दिलपविरुद्ध बयान दिएकी छिन। उनीहरूका एक छोरा र एक छोरी छन।

हत्या प्रयासपछि फरार रहेका दिलीपकुमारलाई आइतबार इलाका प्रहरी कार्यालय दमक र सप्तरीको कल्याणपुरबाट खटिएको प्रहरी टोलीले कल्याणपुरबाटै पक्राउ गरेको हो।

उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ। ‘ज्यान मार्ने उद्योग’ मा अनुशन्धानका लागि झापा जिल्ला अदालतले ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार