पवन प्रसाद साह
बिरगंज, जेष्ठ २१ गते ।
पर्सा को पोखरिया नगरपालिकाको सभा हलमा आज ३ दिने नमूना स्थानीय तह युवा संसद अभ्यास कार्यक्रम तथा नमूना युवा नगर सभा २०८२ सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मंत्रालय जनकपुरधाम नेपालको आयोजना तथा पोखरिया नगरपालिका को समन्वय र प्रदेश युवा संजाल मधेश प्रदेश जनकपुरधाम नेपालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर १ देखी १० सम रहेका २५ जना युवा युवतीहरु सहभागी थिय ।
कार्यक्रममा संसद सदन र स्थानीय तहको सम्बन्धमा ३ दिन राम रतन र नईम रैनले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन।
३ दिने कार्यक्रममा सहभागी भएका युवा युवतीहरुलाई प्रमाण पत्र पनी वितरण गरिएको छ ।
सो कार्यक्रम प्रदेश युवा संजाल मधेश प्रदेश जनकपुरधाम नेपालको संयोजक नईम रैनको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उप-प्रमुख रूबी कुमारी ठाकुर, पोखरिया नगरपालिकाको पुर्व उप-प्रमुख सलमा खातून, संचार कर्मी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


