https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महतो
सम्सी, जेष्ठ २२ गते ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–६ की अफसारा खातुनको हत्या, दाइजो नदिएको कारणले भएको आरोप मृतकका परिवारले लगाएका छन् ।


सम्सीका साहेब जान साफीकी छोरी अफसारा खातुनले रामगोपालपुर नगरपालिका–७ सशौलाका दिलवर अन्सारीसँग प्रेम विवाह गरेकी थिइन्। विगत चैत ७ गते मात्र उनीहरुको विवाह भएको थियो । तर विवाहको केही समय नबित्दै केटा पक्षले बारम्बार दाइजो माग्न थालेको र दिन नसकेपछि अन्ततः जेष्ठ १४ गते राति अफसाराको हत्या गरिएको पीडित पक्षको दाबी छ।


मृतककी आमाले भनिन्, “दाइजो दिन नसक्ने स्थितिका कारण हाम्रो छोरीको ज्यान लिइयो। हामीले छोरी खुशी होस् भनेर विवाह गरिदियौं, तर अहिले लाश फर्काएर ल्याउनु परेको छ।”


यस घटनाप्रति स्थानीय स्तरमा चर्को प्रतिक्रिया देखिएको छ। सम्सी गाउँपालिकाका विभिन्न राजनीतिक दलका नेताहरुले घटना बारे निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरुले दोषीलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


“यदि दोषीमाथि कुनैपनि दबाब वा वहानामा कारबाही नगर्ने हो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं,” एक स्थानीय नेताले चेतावनी दिए ।


हालसम्म प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ गरेको छैन। पीडित परिवार न्यायको पर्खाइमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार