https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अफरोज अर्पण
बिरगंज, जेष्ठ २२ गते ।
इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी एक विवादपछि हटाइएको छ। पाँच महिनाअघि मात्र त्यहाँ सरुवा भएकी वाइवा अहिले प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएकी छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार उनीमाथि केही विषयमा छानबिन आवश्यक देखिएकाले प्रधान कार्यालय झिकाइएको हो। जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि उनीमाथि केही सोधपुछ हुन बाँकी रहेकाले प्रधान कार्यालयले बोलाएको जानकारी दिए।

विवादको जड: इन्धन कुपन

विवादको मुख्य कारण सिमरा उपमहानगरपालिकाबाट प्रहरीले प्रयोग गर्ने सवारी साधनका लागि दिइने इन्धन कुपनसँग जोडिएको छ। डीएसपी वाइवाले वैशाख १० र ३१ गते उपमहानगरबाट सय–सय लिटर इन्धनको कुपन लिएकी थिइन्। तर, उपमहानगरपालिकाको नीति अनुसार महिनामा सय लिटर मात्रै इन्धन दिने प्रावधान थियो।

जेठ १८ गते दिइएको २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन ‘पर्याप्त नभएको’ भन्दै वाइवाले प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँकै सामुन्ने ती कुपन च्यातेकी थिइन्। त्यसपछि उपमहानगरपालिकाले डीएसपी वाइवाविरुद्ध बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त अधिकारीलाई लिखित जानकारी दिएको थियो। सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।

पुनः जिम्मेवारीको सम्भावना?

प्रहरी स्रोतका अनुसार डीएसपी वाइवाले यदि आफू निर्दोष रहेको प्रमाणित गर्न सकिन् भने उनलाई पुनः जिम्मेवारीमा फर्काइने सम्भावना खुला रहनेछ।

स्थानिय प्रशंसा पनि कमाएकी अधिकारी

यद्यपि विवादमा मुछिए पनि डीएसपी शुभद्रा वाइवा सिमराका स्थानीयवासीबीच केही कार्यशैलीका कारण प्रशंसित पनि थिइन्। जेठ पहिलो साता शान्ति टोलस्थित खेल मैदानमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा आयोजकले अनुमति नपाएको समयसम्म कार्यक्रम चलाएपछि उनले राति नै स्टेजमा पुगेर कार्यक्रम रोकिएको थियो।

भोजपुरी गायक सुनिल पण्डित गाइरहेका बेला वाइवाले माइक खोस्दै साउण्ड सिस्टमको तार समेत झिकेकी थिइन्। प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम गर्न अनुमति दिएकोमा आयोजकले राति ९ बजेसम्म टिकट बिक्री गरिरहेका थिए।

यस्ता कडा तर अनुशासित कार्यशैलीका कारण उनी चर्चामा आएकी थिइन्। तर हाल भने उनले ती भूमिका गुमाउनु परेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार