https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, जेष्ठ २६ गते ।
महोत्तरीको गौशाला नगरपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालित १६ हप्ते एकीकृत कीट व्यवस्थापन (आई.पि.एम.) कृषक पाठशालाको अन्तिम दिन ‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन पर्यावरणकाे आधार’ भन्ने नाराका साथ कृषक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा वडा नम्बर ९, १० र ११ बाट २५–२५ जनाकाे समूहमा गरी कुल ७५ जना कृषक सहभागी भएका थिए। पाठशालाकाे समापनका साथ कृषक दिवस कार्यक्रमलाई पनि उत्सवका रूपमा मनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले विषादीमुक्त खेती प्रणाली स्थापनाका लागि आई.पि.एम. प्रविधि नै सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गरे। उहाँले भने, “यस पाठशालाबाट प्रशिक्षण लिएका हरेक कृषकले कम्तीमा पाँच जनासम्मलाई सिकाउन सकेमा विषादीमुक्त समाज निर्माणमा टेवा पुग्नेछ।”

पाठशालाका क्रममा प्रत्येक समूहले दुई–दुई कठ्ठा क्षेत्रफलमा भिन्डी खेती गरेका थिए। एक कठ्ठामा परम्परागत कृषक प्रविधि र अर्कोमा आई.पि.एम. प्रविधि प्रयोग गरिएको थियो। मूल्यांकनका क्रममा आई.पि.एम. प्रविधिबाट उत्पादन उच्च मात्रामा भएको र रोग–किराको प्रकोप न्यून देखिएको कृषि शाखाले जनाएको छ।

कृषक दिवसको अवसरमा सहभागी सबै कृषकलाई १/१ वटा कोदालो वितरण गरिएको थियो। साथै, तीन वटै समूहबाट उत्कृष्ट उत्पादन गर्ने कृषकहरूलाई पुरस्कृत समेत गरिएको थियो । जसमा प्रथम स्थान: ६० लिटर क्षमताको ड्रम, द्वितीय स्थान: करेट, तृतीय स्थान: १० लिटरको हजारी (झर्ना) — बेर्नामा पानी सिँचाइ गर्न प्रयोग हुने उपकरण दिएका थिए ।

कार्यक्रममा कृषकहरूद्वारा तयार पारिएको प्रतिवेदन तथा अनुभव विषादीमुक्त तरकारीको खेती बारे जानकारी दिएका थिए । सहभागी कृषकहरूले आई.पि.एम. प्रविधिबाट प्राप्त ज्ञान र अनुभव आ-आफ्नो सामुदाय तथा छिमेकी कृषकहरू सिकाउने प्रतिबद्धता जनाए ।

गौशाला नगरपालिकाका कृषि शाखा प्रमुख तथा कार्यक्रम संयोजकले यस प्रकारका कार्यक्रमले कृषकहरूमा व्यावसायिकता, सचेतना र वातावरणीय जिम्मेवारी पनि विकास गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार