https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ऐजेन्सी
एयर इन्डियाको एक विमान टेकअफपछि आकाशमै आगो लागेर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि विमानमा सवार यात्रुहरूलाई एम्बुलेन्स मार्फत नजिकका अस्पतालमा लगिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी सहित २४२ जना यात्रु र चालक दलका सदस्य सवार थिए । लण्डन उड्न लागेको उक्त विमान टेकअफ गरेको केही बेरमै आगो लागेको बताइएको छ । दुर्घटनास्थलमा उद्दार कार्य जारी छ। आगलागीपछि विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। यद्यपि, अहिलेसम्म हताहतीको आधिकारिक पुष्टि भइसकेको छैन ।



अहमदाबाद विमानस्थल तत्कालका लागि बन्द गरिएको छ। दुर्घटनास्थलबाट अस्पतालतर्फ जाने बाटोमा अन्य सवारी साधनलाई रोक लगाएर केवल एम्बुलेन्स र दमकललाई मात्रै प्रवेशको अनुमति दिइएको छ ।

एएनआई समाचार संस्थाका अनुसार विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक सवार थिए। अधिकांश घाइते यात्रुहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको जनाइएको छ।
यसअघि सन् १९८८ मा पनि यही विमानस्थलमा भएको अर्को विमान दुर्घटनामा १३३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार