https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



पवन प्रसाद साह
बिरगंज, जेष्ठ ३० गते ।
नेकपा एमाले पकहाॅंमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष तथा युवा नेता अकलेश कुमार साहले आज मैनपुरमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन ।

भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट ०८१/०८२ को आर्थिक वर्षको बजेटमा पकहाॅंमैनपुर गाउँपालिका वडा नम्बर ३ मैनपुरमा करिब ४५ लाखको लागतमा बिनियोजन गरिएको सडक ढलान तथा नाला निर्माण कार्यको युवा नेता साहले आज शिलान्यास गरेका हुन ।

नेकपा एमाले निकट भातृ जनसंगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष एवंम मधेस प्रदेश इन्चार्ज समेत रहेका युवा नेता साहको पहल तथा राजनीतिक सक्रियताका कारण पकहाॅंमैनपुर गाउँपालिकाको नयाँ पहिचान बन्दै गएको देखिएको छ ।



सडक ढलान तथा नाला निर्माण, स्वास्थ्य चौकी स्तरउन्नति र भवन निर्माण कार्य लगायतका बिकास परियोजनाको काममा सक्रिय सहभागिता देखाउदै पालिकालाई समृद्ध बनाउने भिजनले अगाडी बढीरहेका युवा नेता साह अहिले चर्चाको विषय बनेका छन।

युवा नेता साह पकहाॅंमैनपुर गाउँपालिका प्रमुखका प्रत्यासी रहेका छन, भने उनी पालिकालाई समग्र रुपमा समृद्ध बनाउने भिजनका साथ अगाडी बढीरहेका छन ।

युवा नेता साहको पहलमा सुरु हुनलागेको पकहाॅंमैनपुर गाउँपालिकाको वडा नम्बर १ धोरेमा ४५ लाखको लागतमा सडक ढलान, मैनपुरमा ४५ लाखको लागतमा सडक तथा नाला निर्माण र खेस्राहा स्वास्थ्य चौकीको ३५ लाखको लागतमा स्तर उन्नतीको कार्य अहिले पालिकामा लोकप्रिय बिकास परियोजनाको रूपमा देखिएको छ।

पद नभएर पनि पालिकालाई समृद्ध बनाउन निरन्तर बिकास निर्माणको कार्यमा अग्रसर रहेका युवा नेता साह जनप्रिय बनेका छन । पकहाॅंमैनपुर गाउँपालिकाको आम जनता पनि युवा नेता शाहलाई मन पराईरहेका छन भने कतिपयले अहिले देखि नै पालिका प्रमुखको रूपमा उनलाई लिनथालेका हुन ।



स्थानीय बासिन्दाको साथ सहयोग तथा आतमियताले निर्वाचनमा आफु भाग लिने र आम जनताको बिश्वास माथि आफु खरो उत्रिने युवा नेता साहले प्रतिबद्धता समेत जनाएका छन ।

पकहाॅंमैनपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष संजय चौहानको प्रमुख अतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा समाज सेवी लक्ष्मण कुर्मी, प्रदीप पटे, सडक ढलान उपभोक्ता समितिका अध्यक्ष भगवान कुर्मी, सचिव चंदन पटेल, स्थानीय नेकपा एमालेका नेता राम शेवक पडित, बृज किशोर यादव,किरन पटेल, सुडु चौरसिया, विधार्थी नेता अकाश पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार