काठमाडौं, असार १ गते ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको लगातार वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रति तोला २ हजार १६५ रुपैयाँमै कारोबार भइरहेको छ।

गत जेठ २७ गतेदेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। सो दिन सुनको मूल्य १ लाख ९० हजार रुपैयाँ थियो भने त्यसयता दैनिक रूपमा मूल्य बढ्दै गएको देखिन्छ:

जेठ २८: १,९१,३००

जेठ २९: १,९२,९००

जेठ ३० र ३१: १,९७,१००

असार १ (आज): १,९७,५००

यसबीच चाँदीको मूल्य भने परिवर्तन नभई स्थिर रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३,४४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। विश्लेषकहरूका अनुसार आर्थिक अनिश्चितता, डलरको उतारचढाव र बजारमा लगानीकर्ताको मनोवृत्तिले सुनको मूल्यमा दबाब सिर्जना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार