https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
रौतहट, असार ३ गते ।
हालै सम्पन्न आर्थिक वर्ष २०८१/०८२ को न्यूनतम सेवा मापदण्ड (MSS) अनुगमन र मूल्यांकन प्रतिवेदनअनुसार प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमै शीर्ष स्थान हासिल गर्दै एक मात्र ग्रीन जोन अस्पताल कायम भएको छ । अस्पतालले कुल ९१% अंक प्राप्त गरेको छ । यो उपलब्धीसँगै प्रादेशिक अस्पताल गौर नेपालभरका ५० शैयाका ३९ वटा अस्पतालमध्ये उत्कृष्ट पाँच मा पर्न सफल भएको छ ।




वि.सं. २०७९ सालमा यस अस्पतालको मूल्यांकन मात्र ४५% थियो। दुई वर्षको अवधिमा ४६% अंकले सुधार गर्दै ९१% पुर्‍याउनु अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र सम्पूर्ण सरोकारवालाहरूको अथक प्रयास र प्रतिबद्धताको परिणाम हो। यो नतिजाले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र बिरामीको हेरचाहमा उल्लेख्य सुधार आएको स्पष्ट देखाउँछ ।


यो सफलताले मधेश प्रदेशको स्वास्थ्य सेवाको स्तरवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ र अन्य अस्पतालहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार