https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



पवन प्रसाद साह
बिरगंज, असार ५ गते ।
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भठ्ठामा अहमदिया संघ नेपालको आयोजनामा ईद मिलन समारोह एक कार्यक्रम बिच सम्पन्न भएकोछ ।


बुधबार बेलुकी आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष मोहन अहमदले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एक अर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ, अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ ।



अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारीले १३० वर्ष पहिले भारतको पञ्जाबबाट स्थापना भएको अहमदिया सघंको हाल सम्म विश्वका २२४ देशमा संगठन विस्तार भइसकेको जानकारी गराए ।

सो कार्यक्रममा बिन्दबासिनी गाउँपालिका वडा नं ५ वडा अध्यक्ष मोहन राउत अहिर, वडा सदस्य राजेन्द्र बैठा रक्त संचार केन्द्रका सैरभ पाण्डे, अहमदिया संघका पर्सा जिल्ला इन्चार्ज हाशिम अमद, संघका युवा संघका राष्ट्रिय अध्यक्ष सलीम अहमद लगायतको पनि सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार