https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, असार ६ गते ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ‘सहारा र आत्मनिर्भरता’को नारालाई व्यवहारमा उतार्दै अपाङ्गता भएका नागरिक र महिलालाई लक्षित विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा ५७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र ३१ जना महिलालाई स्वरोजगारका लागि सिलाई मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।




अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजसँग जोड्न र दैनिक जीवन सहज बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बिजय नगर गाउंपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । आगामी दिनमा अझ धेरै नागरिक लक्षित सहयोग कार्यक्रम ल्याउने बताउनु भयो । गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र घरेलु उद्योगको प्रोत्साहनलाई निरन्तरता दिइरहेको उपाध्यक्ष  लक्ष्मि  चौधरीले बताउनु भयो।

कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, तीनपाङ्ग्रे साइकल, सेतो छडी, चस्मा र इयरफोन जस्ता सामग्री उपलब्ध गराइएको छ। यस्ता सामग्रीले दैनिक जीवन सहज बनाउन र उनीहरूलाई थप आत्मबल प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार