https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



गाैशाला, असार ७ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकामा लामो समयदेखि चलिरहेको मेयर र उपमेयरबीचको विवाद अन्ततः तीन बुँदे सहमतिपछि टुंगिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सर्वदलीय बैठकले विवाद समाधानका लागि सहमति जुटाएको हो ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद रिसालका अनुसार गौशालाका मेयर डा. दिपेन्द्र महतो, उपमेयर रेणुकुमारी महतो, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल चलेपछि सहमति बनेको हो ।

सहमतिअनुसार उपमेयरले नियन्त्रणमा लिएको दर्ता चलानी किताब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको मौखिक जानकारी बैठकमा गराइएको छ । त्यसअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर नगरपालिकाले दर्ता चलानी फिर्ता ल्याउनेछ ।

यस्तै, उपमेयरको कार्यकक्ष नगर भवनको पहिलेकै कोठामा पुनः सञ्चालन गर्न कार्यपालिकाबाट निर्णय गराउने भने नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले उपमेयरलाई सुरक्षित र मर्यादित ढंगले काम गर्ने वातावरण बनाउने सहमति भएको छ ।

दुबै पक्षले विगतका घटनाबारे आत्मसमीक्षा गर्दै भविष्यमा कानुनी र विधिसम्मत रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उपमेयरलाई कार्यालय प्रवेशमा अवरोध गर्ने कर्मचारी तथा सुरक्षाकर्मीमाथि छानबिन गर्न कार्यपालिकाले समिति गठन गर्ने पनि सहमति गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार