https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


चन्दन कुमार महताे

राैतहट, असार ९ गते ।
रौतहट जिल्लाको गौर नगरपालिकाको १६ औं नगरसभा भव्य रूपमा सम्पन्न भएको छ। सोमबार नगर कार्यालयको प्रांगणमा नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २ सय ६१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। उक्त बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो।

नगरपालिकाले प्रस्तुत बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, महिला तथा बाल विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। ‘हाम्रो अभियान समृद्धि, विकास र गौर नगरपालिका–श्रेष्ठ पहिचान’ भन्ने नारासहित नीति तथा कार्यक्रम अघि सारिएको हो ।

नगरप्रमुख साहका अनुसार बजेटमा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, समानीकरण अनुदान, सशर्त अनुदान (चालु तथा पुँजीगत), विशेष अनुदान, समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानहरू समेटिएका छन्।

आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिका निम्न क्षेत्रगत नीतिगत प्राथमिकताका साथ अघि बढ्ने जनाएको छ:

युवा, शिक्षा तथा खेलकुद

आधारभूत स्वास्थ्य सेवा

कृषि तथा पशुपन्छी विकास

रोजगारी तथा पर्यटन प्रवर्द्धन

वातावरण तथा विपद् व्यवस्थापन

पूर्वाधार, शहरी विकास तथा भवन निर्माण

खानेपानी तथा सरसफाइ

महिला, बालबालिका तथा जेष्ठ नागरिक संरक्षण

सहकारी तथा संघ संस्था सुदृढीकरण

कानुन, न्याय, सार्वजनिक सेवा र सुशासन

क्षमता विकास तथा वित्तीय व्यवस्थापन

१६ औं नगरसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, उप–नगर प्रमुख शैलदेवी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्य, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार