https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन कुमार साह

बिहार/वैशाली
नेपालको राजधानी काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०२५ बाट सम्मान प्राप्त गरी फर्किएपछि मानवाधिकार टुडे का सम्पादक तथा सार्क पत्रकार मञ्च, बिहार का अध्यक्ष डा. शशि भूषण कुमारलाई हाजीपुरको होटल व्यवस्थापन संस्थानले भव्य सम्मान तथा स्वागत गरेको छ।

नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्यको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मेलनमा डा. कुमारलाई “धर्मदित्य धर्माचार्य मदर टङ्ग जर्नलिज्म अवार्ड २०२५” प्रदान गरिएको थियो। सो सम्मान नेपाल संघीय संसदका प्रतिनिधिसभाका अध्यक्ष माननीय देवराज घिमिरेले प्रदान गरेका हुन्। बज्जिका भाषालाई सार्क राष्ट्रहरूमा पहिचान दिलाउने कार्यमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

भारत फर्किएपछि आयोजित सम्मान समारोहमा होटल व्यवस्थापन संस्थान, हाजीपुरका प्राचार्य पूलक मण्डलले डा. शशि भूषणलाई अंगवस्त्र र पुष्पगुच्छ दिई स्वागत तथा सम्मान गरेका थिए।
उनले भने,

> “लोकतन्त्रको पहिलो स्वरूप बोकेको बज्जिका भाषालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने डा. शशि भूषणको प्रयास निकै प्रशंसनीय छ। नेपाल सरकारले प्रदान गरेको यो सम्मान सम्पूर्ण संस्थान तथा हामी सबैका लागि गर्वको विषय हो। आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।”

सो अवसरमा डा. शशि भूषण कुमारले भने,

> “यो सम्मान तपाईंहरू सबैको माया, साथ र समर्थनको परिणाम हो। यसले अब हाम्रो जिम्मेवारी अझ बढेको छ। मातृभाषा, संस्कृति र सम्पदाको जगेर्ना गर्न म निरन्तर समर्पित रहनेछु।”

कार्यक्रममा सहायक प्रशासनिक अधिकृत तथा राजभाषा अधिकृत मुर्तजा कमाल, प्रशासनिक अधिकृत नरेश कुमार, तथा यूडीसी प्रकाश चन्द्रा लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार