https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामगोपालपुर, असार ९ गते ।

महोत्तरीकाे रामगोपालपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। सोमवार वडा नम्बर ५ स्थित दुर्गा मन्दिर अगाडि आयोजित नगरसभामा नगरप्रमुख रामदुलार साहले बजेट र नीति कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाको १२ औं नगरसभा सम्पन्न गरेका हुन्।

नगरप्रमुख साहका अनुसार संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत र दातृ निकायहरूबाट प्राप्त हुने अनुमानित स्रोतको आधारमा उक्त बजेट तयार गरिएको हो। संघीय सरकारको तर्फबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानसहित राजस्व बाँडफाँट गरिएका छन् भने प्रदेश सरकारबाट पनि यस्तै प्रकारका अनुदान र बाँडफाँटको व्यवस्था गरिएको छ। त्यस्तै नगरपालिकाले आन्तरिक आम्दानी, मालपोत र अन्य श्रोतहरूबाट प्राप्त रकमसमेत बजेटमा समेटेको जानकारी दिइयो।

बजेटमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई ५१ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने, जन्म, मृत्यु र विवाह दर्ता नि:शुल्क गरिने, साथै गरिब, विपन्न तथा असहाय परिवारलाई विवाह खर्च तथा क्रिया खर्च बापत राहत दिइने कार्यक्रम समावेश गरिएको छ। ‘सिँचाइमा लगानी, कृषिमा आम्दानी’ नारासहित कृषि विद्युतीकरणलाई प्राथमिकतामा राख्दै कृषि मिटर नि:शुल्क उपलब्ध गराउने र सिँचाइ प्रयोजनको विद्युत महसुलमा अनुदान दिने व्यवस्था पनि बजेटमा उल्लेख गरिएको छ।

नगरसभाको उद्घाटन कार्यक्रम मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। महोत्तरी जिल्ला समन्वय समितिका उपप्रमुख नन्दु महरा विशेष अतिथि थिए। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, उपप्रमुख रीना यादव, सबै वडाका अध्यक्ष तथा सदस्य, नगरसभा सदस्य, विद्यालयका शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार