https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चमेली सिंह

गौशाला, असार १० गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका–५ मा अवस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका कक्षा ८ सम्म अध्ययनरत करिब ५०० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको अवसरमा संघको महोत्तरी शाखाले उक्त सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रम अन्तर्गत छात्रछात्रालाई स्टेसनरी सामग्रीसहित खेलकुदका साधनहरू प्रदान गरिएको थियो। विद्यार्थीहरूको न्यूनतम आवश्यकताको पूर्ति र पठनपाठनमा थप प्रोत्साहन दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको संघका प्रतिनिधि दीपक कार्कीले जानकारी दिए।

कार्कीका अनुसार “सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई केवल किताबी ज्ञानले मात्र पर्याप्त हुँदैन, तसर्थ बाह्य कार्यक्रममार्फत उनीहरूको समग्र विकासमा ध्यान दिनु आवश्यक छ।” उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक तथा नेपाल औषधि व्यवसायी संघका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरू पनि अत्यन्त उत्साहित देखिएका थिए।

संघले आगामी दिनमा पनि यस्तै प्रकारका सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार