https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार १० गते ।
बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न नगरसभाको १६औं अधिवेशनमा नगर उपप्रमुख तारा देवी महतोले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, वडा स्तरको योजना तथा शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

बजेटको स्रोत विवरण

बजेट अनुसार संघीय सरकारबाट ८७ करोड ४५ लाख ५८ हजार ५१० रुपैयाँ (वित्तीय समानीकरण अनुदान) प्राप्त हुनेछ।
प्रदेश सरकारबाट ४ करोड ५३ लाख ६३ हजार ७२० रुपैयाँ, आन्तरिक आयबाट २५ करोड ४० लाख ८७ हजार ७७० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी, चालु आर्थिक वर्ष ०८१/८२ बाट बाँकी रहेको ५ करोड रुपैयाँ मोज्दात गरी कुल अनुमानित बजेट १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँ पुगेको हो ।

प्रमुख खर्च विवरण

चालु खर्च अन्तर्गत नगर तथा वडा कार्यालय सञ्चालन, प्रशासनिक क्रियाकलाप लगायतका लागि २३ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रमा बर्दिवास अस्पताल, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरूमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूको तलब, भत्ता, औषधि तथा उपकरण खरिदका लागि ६ करोड ३२ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ।

पूँजीगत तथा क्षेत्रगत बजेट विनियोजन

नगरका विभिन्न सडकहरूको कालोपत्रे, ढलान तथा स्तरोन्नति कार्यका लागि ५ करोड ६ लाख १५ हजार रुपैयाँ,
संघीय सरकारको समपूरक योजनामा लागत साझेदारी गर्न ३ करोड रुपैयाँ म्याचिङ फण्ड प्रस्ताव गरिएको छ।

शिक्षा क्षेत्रका लागि २ करोड ५० लाख,
खेलकुदका लागि ४० लाख,
खानेपानी तथा सरसफाइका लागि ८५ लाख,
जलस्रोत तथा सिँचाइका लागि ६८ लाख,
पर्यटन प्रवर्द्धनका लागि ४० लाख,
भवन तथा शहरी विकासतर्फ २ करोड रुपैयाँ छुट्याइएको छ।

त्यस्तै लैंगिक समावेशीकरण तथा सशक्तिकरणका लागि १ करोड ७८ लाख,
सहकारी प्रवर्द्धनका लागि ५ लाख,
कृषि तथा पशुपन्छी विकासका लागि ४ करोड,
न्यायिक समिति सञ्चालनका लागि १० लाख,
विपद् व्यवस्थापनका लागि ८१ लाख ७५ हजार,
र ऊर्जा तथा ग्रामीण विद्युतीकरणका लागि १२ करोड २५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट निर्माण प्रक्रिया र अभिप्राय

नगर प्रमुख प्रह्लाद कुमार कार्कीले राजनीतिक दल, उद्योगी व्यवसायी, नागरिक समाज र विभिन्न सरोकारवाला निकायसँगको व्यापक छलफलपछि बजेट तयार गरिएको बताए। उनले यो बजेटले समृद्ध, व्यवस्थित र दिगो विकासको मार्गचित्र बनाउने विश्वास व्यक्त गरे।

नगर उपप्रमुख तारा देवी महतोले सामाजिक न्याय, आर्थिक समावेशीकरण र पूर्वाधार सुदृढीकरणलाई केन्द्रमा राखी बजेट विनियोजन गरिएको उल्लेख गरिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार