https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार १० गते ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ५३ करोड ५१ लाख ४५ हजार ३०६ को अनुमानित बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष वन्दना पाण्डेयले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

गाउँसभा अध्यक्षता गाउँपालिका अध्यक्ष राम जानकी यादवले गरेका थिए भने पूर्व कृषि मन्त्री हरिनारायण यादव प्रमुख अतिथिको रूपमा सहभागी थिए।

बजेटको प्राथमिकता क्षेत्रहरू

उपाध्यक्ष पाण्डेयद्वारा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकता दिइएको छ। उनले समग्र गाउँको दिगो विकासका लागि योजनाबद्ध कार्यक्रमहरू अघि सारिएको जानकारी दिइन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने,
“पिपरा गाउँपालिका अब इतिहास बन्दैछ। विकास तीव्र गतिमा अघि बढिरहेको छ। हामी सबै मिलेर यसलाई नमूना पालिका बनाउनेछौं।”
उनले पिपरा जनता अस्पतालमा अधिकांश स्वास्थ्य सेवा उपलब्ध भइसकेको, र विद्यालयहरूमा पठनपाठन सुदृढ भएको उल्लेख गरे। बाँकी रहेको कमजोरीहरू सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नीतिगत प्राथमिकताहरू

गाउँसभामा सार्वजनिक नीति तथा कार्यक्रममा स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना, कृषि यान्त्रिकीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि, तथा सडक, खानेपानी र अन्य भौतिक पूर्वाधारको सुदृढीकरण प्रमुख विषयका रूपमा समेटिएको छ।

व्यापक सहभागिता

कार्यक्रममा वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, रतौली युवा क्लबका अध्यक्ष वैधनाथ चौधरी, स्थानीय कर्मचारी, पत्रकार, सुरक्षा निकाय, प्रशासनिक प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष राम जानकी यादवको नेतृत्वमा अघि बढिरहेको पिपरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ लाई समावेशी र विकासमुखी योजनाको वर्ष बनाउने अठोट लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार