https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह                                                           बिरगंज, असार ११ गते ।

नेशनल मेडिकल कलेज, वीरगंज र वीरगंज महानगरपालिकाका सात वडाबीच स्वास्थ्य सेवा सुलभ तथा सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले पुनः एक महत्वपूर्ण सम्झौता भएको छ।

मंगलबार कलेजको सभाहलमा आयोजित कार्यक्रममार्फत वडा नं. ११, १२, १५, १९, २०, २३ र २४ का वडाध्यक्षहरू तथा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार उपलब्ध हुने छुट दरहरू:

ओपिडी टिकटमा २५% छुट

जेनरल बेड चार्जमा १५% छुट

आइसियु, एनआइसियु, पीआइसियु बेड चार्जमा ५% छुट

ल्याप्रोस्कोपिक तथा इन्डोस्कोपिक शल्यक्रियामा ८% छुट

पयाथोलोजी जाँचमा १०% छुट

भिडियो एक्सरे, एक्सरे, ईसीजी, इन्डोस्कोपीमा ७% छुट

सिटी स्क्यान तथा एमआरआईमा ७% छुट

फार्मेसी ओपिडीमा १०%, फार्मेसी आइपिडीमा १५% छुट

यी सुविधाहरू प्राप्त गर्न सम्बन्धित वडाबाट जारी गरिएको सिफारिस पत्र अनिवार्य हुनेछ ।

निःशुल्क स्वास्थ्य शिविर र सामाजिक उत्तरदायित्व

सम्झौताअनुसार, कलेजले सम्झौतामा समावेश सात वडामा हरेक तीन महिनामा एकपटक निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्झौता एक वर्षका लागि लागू हुनेछ र आवश्यक परेमा दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिने जनाइएको छ।

कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले यसअघि पहिलो चरणमा १३ वडासँग गरिएको सम्झौतापछि अब दोस्रो चरणमा थप ७ वडालाई समेटिएको जानकारी दिए। कार्यक्रममा अस्पतालकी निर्देशक डा. ईसरत जहान अन्सारीले बाँकी वडासँग पनि निकट भविष्यमा सम्झौता हुने जानकारी दिँदै भनिन्, “अब शहरदेखि गाउँसम्म सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन्।”

सम्झौता कार्यक्रममा वडा नं. ११ का अजय कुमार बरै, १२ का सुरेश कुमार गुप्ता, १५ का रमेश प्रसाद यादव, १९ का मुकेश कुमार चौरसिया, २० का रामकिशोर सिंह, २३ का अवधकिशोर कुशवाहा र २४ का विजय प्रसाद कुर्मीको उपस्थिति रहेको थियो।

वडाध्यक्षहरूले सम्झौताले विशेष गरी गरिब, असहाय र विपन्न वर्गका लागि गुणस्तरीय उपचारमा पहुँच सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार