https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


अजय मिश्रा
कपिलवस्तु, असार १३ गते ।
लुम्बिनी प्रदेशको शैक्षिक क्षेत्रमै स्थापित नाम ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं वार्षिकोत्सव बिहीबार भव्य रूपमा मनाएको छ। पिस हिमालय रिसोर्ट, ठाकुरापुरमा आयोजित कार्यक्रममा विद्यार्थी सम्मान, खुला नृत्य प्रतियोगिता, संस्थाको गीत विमोचन लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू सम्पन्न भए।

खुला नृत्य प्रतियोगितामा नितु परियार प्रथम हुँदै नगद पुरस्कारसहित सम्मानित भइन् भने सरिता बेल्बासे र मिना बेल्बासे क्रमशः दोस्रो र तृतीय स्थानमा रहिन्। १७ प्रतियोगी सहभागी यस प्रतिस्पर्धाका निर्णायक कलाकारहरू लेखनाथ घिमिरे, विनोद रञ्जन र शारदा खनाल थिए।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगर उपप्रमुख रिताकुमारी चौधरीले ब्राइट लुम्बिनीले शैक्षिक उन्नयनमा पु¥याएको योगदानको प्रशंसा गर्दै वैदेशिक रोजगार तयारीमा सहजीकरण गर्ने काममा पनि संस्थाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो ।



यस अवसरमा लोकगायक बिक्रम परियार र गायिका शान्तारानी परियारको स्वरमा रहेको “ब्राइट लुम्बिनी कपिलवस्तुमा” बोलको गीत सार्वजनिक गरिएको थियो।

सामुदायिक सेवामा पनि सक्रिय हुँदै संस्थाले रु ३०,००० को अक्षयकोष स्थापना गरी विपन्न समुदायलाई सहयोग गर्ने योजना अघि सारेको छ। संस्थाका प्रबन्धक असिम क्षेत्रीले ट्यूसन सेन्टरबाट सुरुआत गरी हालको प्रतिष्ठामा पुर्‍याउनका लागि भोगिएको यात्रा स्मरण गर्दै शिक्षासँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो।

शान्तारानी र बिक्रम परियारको विशेष प्रस्तुती, स्थानीय कलाकारहरुको सांगीतिक माहोल र पूर्णचन्द्र परियारको आकर्षक संचालनले कार्यक्रमलाई अझ भव्य बनायो। विद्यार्थी, अभिभावक, शिक्षक, सञ्चारकर्मी र समुदायको उल्लेखनीय सहभागिताले १३ औँ वर्ष प्रवेशको खुसीयाली झनै उल्लासमय बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार