https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, असार ११ गते ।
बढ्दो गर्मीका कारण सिर्जना भएको रक्त अभावलाई ध्यानमा राख्दै गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्री गहवामाई रथ यात्रा २०८२ को सन्दर्भमा गहवामाई मन्दिर परिसर, वीरगंजमा आयोजना गरिएको हो।

रक्तदान कार्यक्रममा ४ महिला सहित ४२ जनाले रक्तदान गरेका छन्। रक्तदातामा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सम्भु साह, अजय राउत, राजु गुप्ता, राहुल कुमार रौनियार लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले गर्मीका कारण घटेको रक्त सञ्चय पुनः पूर्ति गर्ने, साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र पर्साले गरेको हो ।



कार्यक्रमको अध्यक्षता गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले गर्नुभयो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखा सभापति बृज किशोर पटेल, रेशमकोठी युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव लगायतको उपस्थिति थियो। रक्तसञ्चार केन्द्र प्रमुख सौरभराज पाण्डे र नितेश यादवले प्राविधिक संयोजन गरेका थिए।

कार्यक्रमले “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई सार्थक बनाउँदै वीरगंजमा मानव सेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतना थप मजबुत बनाएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार