चन्दन कुमार महतो
रौतहट, असार १३ गते ।
राैतहटकाे गौर नगरपालिकाको सहकार्यमा सल्भनेपाल काठमाडौंको सहयोगमा गौर नगरपालिका वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई १७० थान कृषि स्प्रे टंकी वितरण गरिएको छ ।
नगर प्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न विशेष कार्यक्रममार्फत आधुनिक कृषि प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले स्प्रे टंकी वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले किसानहरूलाई प्रविधिमैत्री कृषि अभ्यासमा जोड दिनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन प्रेरणा दिनुभयो ।

“कृषकहरूको उत्पादनशक्ति बढाउन प्रविधिको पहुँच अनिवार्य छ,” नगर प्रमुख साहले भन्नुभयो, “गौर नगरपालिका सदैव किसानहरूको पक्षमा छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सल्भनेपालका प्रतिनिधिहरू, कर्मचारी तथा किसानहरूको उत्साहजनक उपस्थिति रहेको थियो । वितरण गरिएका स्प्रे टंकीहरूले मलजल तथा कीटनाशक छर्कन सहज हुने र उत्पादनमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।





