काठमाडौं, असार १३ गते ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभएको हो।
बोर्डका अनुसार, चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ३१ हजार ४६६ विद्यार्थी नियमिततर्फ र ६७ हजार ७१५ विद्यार्थी ग्रेड वृद्धि परीक्षातर्फ सहभागी भएका थिए। कुल ४ लाख ९९ हजार १८३ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशतले परीक्षा उत्तीर्ण गरेका छन् ।

विद्यार्थीहरूले आफ्नो नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत हेर्न सक्नेछन् । यस वर्षको नतिजा गत वर्षको तुलनामा सुधारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
