https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, असार १३ गते ।
भारतको मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले विश्वका १०८ देशका शक्तिपीठमा माताको मन्दिरमा जल चढाउने संकल्प लिएको खुलासा गर्नुभएको छ।

शुक्रबार बिरगंजमा आयोजित गहवामाई रथ यात्रा कार्यक्रममा सहभागी हुन आएका मन्त्री साहुले पत्रकारहरूसँग कुरा गर्दै हालसम्म ७ वटा देशका प्रमुख शक्तिपीठमा दर्शन गरी जल चढाइसकेको जानकारी दिनुभयो। बाँकी देशका शक्तिपीठमा पनि खाली खुट्टा पुगेर दर्शन गर्ने अठोट उहाँले व्यक्त गर्नुभयो।

तीन वर्षदेखि चप्पल वा जुत्ता नलगाउने साहुले संसददेखि मन्त्री परिषद्को बैठकसम्म सदैव नाङ्गो खुट्टा जानुको कारण आस्था र भक्तिमा आधारित संकल्प भएको बताए।
“म जहाँ गए पनि माताको दर्शनका लागि खाली खुट्टा जान्छु,” उहाँले भन्नुभयो।

नेपाल–भारत धार्मिक पर्यटन प्रवर्द्धनमा आफूले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मन्त्री साहुले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजनीतिक प्रसङ्गमा बोल्दै मन्त्री साहुले भारतमा लोकतन्त्र सुदृढ रहेको र नेपालमा पनि त्यसको संरक्षण हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
“नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो विश्वास छ,” भन्दै उहाँले भारतीय जनता पार्टी लोकतन्त्रकै पक्षमा छ भन्ने कुरा स्पष्ट पार्नुभयो।

उहाँको धार्मिक संकल्प र आस्थाले नेपालको धार्मिक पर्यटन विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार