https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महेन्द्रनगर, असार १४ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका क्षेत्रअन्तर्गत आज दिउँसो एक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

जनकपुरधामबाट महेन्द्रनगरतर्फ गइरहेको मधेश प्रदेश ०२००५ प ८७९५ नम्बरको रातो रंगको अपाची मोटरसाइकल हाइवेमै अचानक अनियन्त्रित भई लडेपछि दुर्घटना भएको हो। दिउँसो करिब १२ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकल चालकको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घाइतेको तत्कालै रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ भने हालसम्म घाइते व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार