https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

“धान बालीमा तीव्रता : खाद्य सुरक्षा र आत्मनिर्भरता” नारासहित कार्यक्रम सम्पन्न

रामगोपालपुर, असार १५ गते ।
राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा महाेत्तरी जिल्लाकाे रामगोपालपुर नगरपालिका–५ स्थित कञ्चनपुरमा भव्य कार्यक्रमको आयोजना गरी धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ । शक्तिशाली किसान समूह, कञ्चनपुरको अगुवाइमा आयोजित कार्यक्रमले “धान बालीमा तीव्रता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारालाई आत्मसात् गर्दै कृषकहरूको योगदानप्रति सम्मान प्रकट गरेको थियो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष मकेशवर शर्मा सहित स्थानीय सरोकारवाला, कृषक समुदाय, र रतौली युवा क्लबका प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले परम्परागत धान रोपाइँमार्फत नेपाली कृषि संस्कृतिको जगेर्ना गर्नुका साथै जलवायु परिवर्तन र खाद्य सुरक्षासँग जोडिएका सन्देश सम्प्रेषण गरेका थिए ।

उक्त कार्यक्रम एक्सनएड नेपालको साझेदारीमा रतौली युवा क्लबद्वारा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो । कार्यक्रममा धान उत्पादनमा वृद्धि, जैविक कृषि अभ्यासको महत्व र समुदाय स्तरमा खाद्य आत्मनिर्भरताका विषयमा सन्देश प्रवाह गरिएको थियो ।

रतौली युवा क्लबका प्रतिनिधिहरूका अनुसार, यस्ता कार्यक्रमले कृषकहरूलाई उत्साहित गर्नाका साथै युवाहरूलाई पनि कृषिमा आकर्षित गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। सहभागीहरूद्वारा कृषिमा आत्मनिर्भरता र समृद्धिको बाटो पहिल्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार