https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह

बिरगंज, असार १५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयले पत्रकार तथा सञ्चारकर्मी श्री आनन्द प्रसाद कानुलाई युवा तथा खेलकुद विभागको प्रदेश प्रमुख पदमा नियुक्त गरेको छ। पार्टीको विधान, नियमावली र सांगठनिक आवश्यकता अनुसार, जेष्ठ २६ गते जारी गरिएको नियुक्ति पत्रमार्फत पार्टीले उनलाई यो जिम्मेवारी सुम्पिएको हो ।

मधेश प्रदेश समितिका अध्यक्ष इ. तापेश्वर यादवले हस्ताक्षरित पत्रमा भनिएको छ, “राजनीतिक सिद्धान्त, नीति तथा अनुशासनको पालनामा निरन्तर क्रियाशील रहँदै संगठनमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने पूर्ण विश्वाससाथ यो जिम्मेवारी प्रदान गरिएको हो ।”

बिरगञ्ज महानगरपालिका–१० निवासी कानु लामो समयदेखि पत्रकारिता, सामाजिक सञ्चार र युवामैत्री अभियानमा सक्रिय रहँदै आएका छन्। सञ्चार माध्यम ‘वीरगञ्ज टुडे’ का सञ्चालकसमेत रहेका उनले विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा उल्लेखनीय उपस्थिति जनाउँदै आएका छन् ।

नयाँ जिम्मेवारीप्रति प्रतिक्रिया दिँदै श्री कानुले पार्टी नेतृत्वप्रति आभार प्रकट गर्दै भने, “प्रदेशका युवाको क्षमता विकास, खेलकुदको प्रवर्द्धन तथा नीति निर्माणको प्रक्रियामा सकृय भूमिका खेल्न म प्रतिवद्ध छु।” उनले पार्टीको सांगठनिक सुदृढीकरणमा इमान्दारीपूर्वक योगदान दिने दृढता व्यक्त गरे ।

यस नियुक्तिसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेशमा युवा तथा खेलकुद क्षेत्रमा थप सक्रियता र ऊर्जा थपिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार