https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, असार १६ गते ।
महोत्तरीको एकडारा गाउँपालिकाले सम्पूर्ण खोप अभियानमा १०० प्रतिशत सफलता हासिल गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ को रूपमा औपचारिक घोषणा गरेको छ।

जन्मदेखि दुई वर्षसम्मका सबै बालबालिकालाई नियमित खोपका सम्पूर्ण मात्रा सफलतापूर्वक प्रदान गरेपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा तथा स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साहको प्रमुख आतिथ्यमा घोषणा गरिएको हो। कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।



कार्यक्रममा उपस्थित सबै प्रतिनिधिहरूले खोपको निरन्तरता र दिगोपनाका लागि प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षरसमेत गरेका थिए। प्रमुख अतिथि साहले भने, “यो सफलता केवल खोपको सुनिश्चितता नभई स्थानीय सरकारको नेतृत्व, सक्रियता र नागरिक सहभागिताको उत्कृष्ट नमुना हो।”

गाउँपालिका अध्यक्ष मण्डलले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै खोप कार्यक्रमको सफल कार्यान्वयनमा संलग्न सम्पूर्णको योगदानप्रति आभार व्यक्त गरे। उनले आगामी दिनहरूमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, र निःशुल्क औषधि वितरणलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए।

स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डलका अनुसार वडा तहमा सञ्चालित स्वास्थ्य चौकी सुदृढीकरण, सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम र नियमित टीकाकरण अभियानमार्फत गाउँपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको हो। उनले आगामी वर्षहरूमा प्रविधि समावेशीकरण, गर्भवती र सुत्केरी लक्षित कार्यक्रम तथा नवजात मृत्युदर न्यूनीकरणमा विशेष जोड दिइने बताए।

यो उपलब्धिलाई महोत्तरी जिल्लाभित्र मात्र होइन, मधेश प्रदेशमै एक प्रेरणादायक अभ्यासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार