https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, असार १८ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१० जलिल टोल स्थित मरहा खोलाको किनारमा खनिएको खाल्डोमा डुबेर ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार क्रसर उद्योगले गिट्टी–बालुवा उत्खननका लागि खनेको खाल्डोमा वर्षाको पानी जमेको थियो । बुधबार दिउँसो सोही खाल्डोमा नुहाउन गएकी स्थानीय दिनेश मण्डलकी छोरी करिणा कुमारी मण्डल डुबेर गम्भीर अवस्थामा पुगेकी थिइन् ।

प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार खाल्डो करिब ५ देखि ७ फिट गहिरो रहेको छ । नुहाउने क्रममा दुई बालिका खाल्डोमा गएका थिए भने करिणा डुब्न पुगेकी थिइन् ।

स्थानीयले तत्कालै उद्धार गरेर गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । बालिकाको शव पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाएको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार