https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, असार १८ गते ।
वन संरक्षणमा सबैको सहभागिता आवश्यक हुने मान्यता सहित डिभिजन वन कार्यालय, महोत्तरी (जलेश्वर) को आयोजनामा “पत्रकार, नागरिक समाज र सञ्चारकर्मी बीच वन संरक्षण सम्बन्धी समन्वय अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ ।


महोत्तरीको जलेश्वरस्थित ममाज होटलमा आयोजित कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, स्थानीय सञ्चारकर्मी, वातावरणमैत्री संघसंस्था प्रतिनिधि तथा सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




कार्यालयका अनुसार पछिल्लो समयमा वन अपराध नियन्त्रण, अवैध गाजा खेती उन्मूलन, साझेदारी तथा सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण, पुराना काठहरूको व्यवस्थापन, र वनसम्बन्धी मुद्दा दायर गर्ने कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएको छ। चालु आर्थिक वर्षभित्र कार्यालयले ८ वटा वनसम्बन्धी मुद्दा दायर गरेको छ भने ४७८.०६ घनफुट काठ बरामद गरिएको छ। साथै, ट्रयाक्टर, मोटरसाइकल, गोरु तथा वन्चरोजस्ता सवारीसाधन तथा उपकरणहरू नियन्त्रणमा लिइएका छन्।

कार्यक्रममा विगतका वर्षहरूमा देखिएको बेरुजु तथा फछ्र्यौटसम्बन्धी विवरण पनि सार्वजनिक गरिएको थियो। डिभिजन वन कार्यालयका अनुसार करिब ५ करोड ४३ लाख रुपैयाँ बराबरको रकममा अनियमितता देखिएको छ। यस सम्बन्धमा छानबिन अघि बढाइएको र आवश्यक सुधारात्मक कदमहरू चालिने जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू तथा वन अधिकारीहरूबीच खुला छलफल भएको थियो। सहभागीहरूले वन संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्वको रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले पारदर्शिता, उत्तरदायित्व, र स्थानीय सरोकारवालासँगको सहकार्यलाई अझ सुदृढ पार्दै वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा कार्यालयका अधिकृत राम स्वरूप सिंह, सामुदायिक वन प्रतिनिधिहरू, वातावरण अभियन्ता, युवा संघसंस्था, र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार