चन्दन कुमार महताे
रौतहट, असार १८ गते ।
रौतहटको प्रादेशिक अस्पताल गौरमा महिलाहरूका लागि नि:शुल्क शल्यक्रिया सेवा सुरु गरिएको छ । हिजो मिति २०८२ साल असार १८ गते बुधबारदेखि प्रारम्भ भएको यस सेवाअन्तर्गत पाठेघर तथा अङ्ग खस्ने समस्याबाट पीडित पाँच जना महिलाहरूको सफल शल्यक्रिया सम्पन्न गरिएको छ ।
उक्त नि:शुल्क अपरेशन सेवा मिति २०८२ साल असार २२ गते आइतबारसम्म सञ्चालन हुनेछ। सेवा प्राप्त गर्न इच्छुक सम्पूर्ण महिला बिरामीहरूलाई अस्पतालमा समयमै सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुर र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हाशमीले महिलाहरूलाई यो सेवा लिन आग्रह गरेका छन् ।
यस कार्यक्रमका फोकल पर्सन एनेस्थेसिया प्राविधिक गौरीशंकर प्रसादले जानकारी दिएका हुन् ।

