https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



गाैशाला, असार २० गते ।
महाेत्तरीकाे बलवा नगरपालिका वडा नम्बर ११ अन्तर्गत रहेको धमौरा स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा तथा प्रयोगशाला (OTC) सेवाको शुभारम्भ गरिएको छ । शुक्रबार आयोजित एक विशेष समारोहकाबिच नगर प्रमुख राम विजय महतो र वडा अध्यक्ष अशोक कुमार यादवले संयुक्त रूपमा रिबन काटेर सेवा सञ्चालनको शुभारम्भ गरिएको हाे ।


स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएसँगै स्थानीय गर्भवती महिलाहरूका लागि ठूलो राहतको विषय बनेको छ । अहिलेसम्म प्रसुति गराउन महिलाहरूलाई जनकपुर, जलेश्वर वा अन्य स्थानमा लैजानुपर्ने बाध्यता थियो । यसले गर्दा समयमै उपचार नपाउने, सास्ती व्यहोर्नुपर्ने र आर्थिक भार समेत बढ्ने अवस्था रहेकोमा अब आफ्नै वडामा सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने भएपछि नगरवासीहरू हर्षित भएका छन् ।


यसका साथै चौकीमा साना स्वास्थ्य परीक्षणका लागि आवश्यक प्रयोगशाला सेवा पनि सुरु गरिएको छ । अब त्यहाँ रगत, दिशा,पिसाब, सिआरपी, सुगर लगायतका सामान्य परीक्षण सहज रूपमा हुनेछन् । यसले प्राथमिक स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामविजय महतोले स्वास्थ्य सेवाको पहुँच गाउँघरमै पु-याउने प्रतिबद्धता दोहोर्‍याउँदै धमौरा स्वास्थ्य चौकीको स्तरोन्नति र जनशक्ति व्यवस्थापनका लागि नगरपालिका तत्पर रहेको बताए । वडा अध्यक्ष अशोक कुमार यादवले वडाबासीका लागि यो ऐतिहासिक अवसर भएको भन्दै स्थानीयको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए ।


कार्यक्रममा स्थानीय महिलाहरूले स्वास्थ्य सेवा घरदैलोमै आएपछि सहजता हुने बताउँदै चौकीमा महिला स्वास्थ्यकर्मीको संख्या वृद्धि, २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

यस उद्घाटनलाई स्थानीय तहले जनस्वास्थ्य सुधारको दिशामा उठाएको सकारात्मक कदमको रूपमा लिएको छ । बलवा नगरपालिकाको नेतृत्वमा भएको यो पहलले नगरका अन्य वडाहरूमा पनि स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।

विशिष्ट अतिथिको रूपमा स्वास्थ्य कार्यालय, जलेश्वरका प्रतिनिधि दिपेन्द्र राय यादव, सामाजिक अभियन्ता भोला पण्डित, नगरपालिका विभिन्न शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, वडाका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार