https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, असार २० गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७७ करोड ७० लाख ७० हजार ९३४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा भव्य समारोहबीच १६औं नगरसभा सम्पन्न गर्दै नगरप्रमुखले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

नगरप्रमुखका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि विकास, रोजगार सिर्जना, खानेपानी, जल व्यवस्थापन तथा वातावरणीय संरक्षण जस्ता क्षेत्रहरूमा विशेष जोड दिएको छ। समावेशी विकास र दिगो प्रगतिलाई केन्द्रमा राखी बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व कृषि मन्त्री हरिनारायण यादवले बजेट सार्वजनिक गरिनु स्थानीय तहको सशक्तीकरणको संकेत भएको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयन, पारदर्शिता, तथा नागरिक सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै योजनाहरू परिणाममुखी बनाउन सुझाव दिए ।

नगरसभामा उपप्रमुख रौशन खातुन, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी, परकौली व्यारेकका मेजर, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगरसभामा सहभागी वक्ताहरूले बजेट पारदर्शी र व्यवहारिक बनाउने, सेवाप्रवाहलाई सहज र जनमुखी बनाउने र विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरपालिकाले प्रस्तुत गरेको यो बजेटले नगर क्षेत्रको समग्र विकासमा मार्गदर्शन गर्ने विश्वास लिइएको छ। साथै, योजनाहरू समयमै सम्पन्न गर्न जिम्मेवार निकायबीच समन्वय र सक्रिय सहभागिता आवश्यक हुने कुरा पनि सहभागीहरूले औंल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार