https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम, असार २३ गते ।
मधेश प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि सभामुखले बैठक भोलीसम्मका लागि स्थगित गरेका छन् ।

विपक्षीहरूका अनुसार आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट संघीयताको मर्मविपरीत रहेको छ । उनीहरूको आरोप छ— बजेटमा बिचौलियाको प्रभाव स्पष्ट देखिन्छ र विकासभन्दा अनुत्पादक क्षेत्रमा बढी रकम विनियोजन गरिएको छ ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दलकी सांसद सुरिता साह, नेकपा माओवादीकी सुनिता यादव, नेकपा (एकीकृत समाजवादी) का बेची लुङगेली र संघीय समाजवादी पार्टीकी बिमला अन्सारीले आ–आफ्नो पार्टीको तर्फबाट विरोध जनाउँदै बजेटको पुनर्लेखन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए ।

सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक भोली मंगलबारसम्मका लागि स्थगित गरिएको घोषणा गरे । यसअघि, हिजो बसेको बैठक समेत विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार