गाैशाला, असार २३ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत मखाना उत्पादन तथा बजारीकरणमा संलग्न किसानहरुलाई बजारीकरण सामग्रीहरू (बोरा, झोला र त्रिपाल) वितरण गरिएको छ ।
आज सम्पन्न एक विशेष कार्यक्रममार्फत नगर प्रमुख श्री हरि प्रसाद मण्डलले मखाना किसानहरूलाई सामग्री वितरण गर्नुभयो । कार्यक्रमका क्रममा २१ जना किसानहरूलाई उत्पादन क्षमताको आधारमा १०० देखि ४०० थानसम्म बोरा, २०० थान झोला र १ थान त्रिपाल प्रदान गरिएको हो ।
नगरपालिका कृषि शाखाका सह–संयोजक श्री टंक प्रसाद उपाध्यायका अनुसार मटिहानी नगर क्षेत्रभित्र हाल १२५ बिघा जमिनमा मखाना खेती भइरहेको छ, जसबाट बार्षिक ८० मेट्रिक टन उत्पादन हुने गरेको छ ।
सामग्री वितरण कार्यक्रममा वडा नं. ६ का अध्यक्ष कलीम अंसारी र वडा नं. ७ का अध्यक्ष जितनारायन माझी, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, उपाध्यक्ष अजय साह, सचिव बिजय साह, तथा मखाना किसानहरू महेश सहनी, महेश साह, विष्णु सहनी, राम दयाल सहनी, बिन्दे सहनी, कामेश्वर सहनी, गंगा सहनी र लछो खातुन लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

