https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



गाैशाला, असार २६ गते ।
देशभर आज गुरु पूर्णिमा श्रद्धा, भक्ति र सम्मानपूर्वक विविध कार्यक्रमहरूका साथ धुमधामले मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पवित्र पर्व गुरु र शिक्षा प्रति समर्पित दिनका रूपमा लिइन्छ ।

विद्यालय, मठ–मन्दिर, आश्रम र गुठीहरूमा विशेष पूजाआजा, प्रवचन, भजन, सत्संग र गुरु वन्दना कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीहरूले आफ्ना गुरुजनलाई फूलमाला, अक्षता, टीका र प्रसाद अर्पण गर्दै आशीर्वाद लिएका छन् ।

यसै अवसरमा आज व्यास जयन्ती पनि मनाइँदैछ । महर्षि वेदव्यासलाई आजकै दिन श्रद्धापूर्वक सम्झिन्छ, जसले वेद, पुराण तथा महाभारतजस्ता अमूल्य ग्रन्थहरूको रचना गरेका थिए ।

गुरु पूर्णिमा शिक्षाको आदान–प्रदान, आत्मिक शुद्धता, धर्म र अनुशासनको अभ्याससँग सम्बन्धित विशेष पर्व हो । आज देशभरका विद्यालय, शिक्षालय र धार्मिक स्थलहरूमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार