https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सर्लाही, असार २८ गते ।
सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत रहेको बरहथवा बहुमुखी क्याम्पस तथा सुर्यदय माध्यमिक विद्यालयले पहिलो पटक कक्षा ११ र १२ सहित एलएलबी (कानून) र साइन्स संकायको औपचारिक अध्यापन सुरु गरेको छ ।

स्थानमै एलएलबी र साइन्स संकायमा अध्ययनको अवसर मिलेकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय तहका प्रतिनिधि हर्षित भएका छन् । अब टाढा गएर पढ्नुपर्ने बाध्यता अन्त्य भएको उनीहरूको भनाइ छ ।

शैक्षिक कार्यक्रमको उद्घाटन बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवालले गर्नुभयो । कार्यक्रममा सभापति लालबाबु महतो विशेष अतिथि रहनुभयो भने क्याम्पस प्रमुख राज नारायण प्रसाद सिंहले स्वागत मन्तव्य दिंदै कक्षा ११ भर्ना तथा विषय छनोट सुरु भएको जानकारी दिनुभयो ।

प्यारा डाइज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सतनारायण यादव, अमरेन्द्र कुशवाहा, त्रिभुवन सिंह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विद्यार्थी र अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार