https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, असार २८ गते ।
गर्मीको मौसममा रक्त अभाव देखिन थालेपछि बिरगंजमा शनिबार दुई स्थानमा आयोजित रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन् ।

बिरगंज महानगरपालिका–११ स्थित ब्राह्मचोकमा सामाजिक युवा एकता क्लबको आयोजनामा आयोजित कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरे । रक्तदान गर्नेमा बिक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिच मण्डल लगायत थिए । कार्यक्रम सफल बनाउन धिरेन्द्र झा, विवेक यादव, बिरसमसेर कुर्मी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, इनोभेट सोसाइटी अध्यक्ष कमल चौगाई, रेशमकोठी युवा संयोजक अभिलाष गुप्ता, राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।



त्यसैगरी बिरगंजस्थित प्रतीमा चौकमा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि.को आयोजनामा १ महिला सहित ४० जनाले रक्तदान गरे । “रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साब, अमित श्रीवास्तव लगायत सहभागी थिए ।

प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नितेश साह लगायतले गरे । कार्यक्रममा डा. प्रमनन्द शाह, डा. निरज कुमार क्याल र डा. महानन्द कुमार कुर्मीको विशेष उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार दुवै रक्तदान कार्यक्रमले गर्मीयाममा देखिएको रक्त अभाव कम गर्न र रक्तदानप्रति जनचेतना फैलाउन उल्लेखनीय भूमिका खेलेका छन्। सहभागी रक्तदातालाई प्रमाणपत्र र धन्यवादसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार