https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
बिरगंज, असार २९ गते ।
पर्साको बिरगञ्जमा नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक र सांस्कृतिक कार्यक्रमका साथ भव्यताका साथ मनाइएको छ ।


कार्यक्रमको सुरुवात वीरगञ्ज बसपार्कस्थित भानुभक्तको शालिकमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्मय सम्मान, पुरस्कार वितरण तथा कविगोष्ठी आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भानुभक्त नेपाली भाषाका शिल्पी मात्र नभई नेपाली पहिचानका मेरुदण्ड भएको उल्लेख गर्दै भने, “आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झने अवसर हो। वीरगञ्जमा यस्ता कार्यक्रम हुनु यस क्षेत्रको साहित्यिक चेतनाको प्रमाण हो।”

कार्यक्रममा वीरगञ्जका वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो। यस्तै, साहित्यकार गणेश लाठ र रामप्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्र र नगद रु. १२,५०० सहित सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सुर्यनारायण विकले राखेका थिए भने संचालन गीता भण्डारीले गरेकी थिइन्।

सांस्कृतिक प्रस्तुतिमा गौतम माध्यमिक विद्यालय, नवद्वीप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले विविध नृत्य तथा गीतमार्फत अतिथिहरूको स्वागत गरेका थिए। साथै आयोजना गरिएको साहित्यिक प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी कृष्टीना कर्ण पहिलो, नारायण माझी दोस्रो तथा नवद्वीप एकेडेमीका अरुण यादव तेस्रो भएका थिए।

कार्यक्रम नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खड्काको अध्यक्षता र नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, केसि लामिछाने, श्याम बन्जारा, मानवसेवा आश्रमका देवेश गुप्ता, रामनारायण कुर्मी, सुशीला शाह, सलमा खातुनलगायत समाजसेवी, साहित्यप्रेमी तथा विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार