https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


काठमाडौँ, असार ३१ गते ।
स्पेन भ्रमणमा ‘भिजिट भिसा’मार्फत गएर नफर्किएकाहरूको विषयमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

६ सदस्यीय सो समितिमा सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहेका छन्। एसएसपी बोगटीले छानबिन समिति गठनसँगै कार्य आरम्भ भइसकेको बताएका छन्।

गृहमन्त्री रमेश लेखकले सोमबार गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई आवश्यक छानबिन गर्न निर्देशन दिएका थिए। गृहमन्त्रालयले भ्रमणमा गएको टोलीबारे, प्रतिनिधिमण्डलबाहेक अरू कसले कसरी भिसा प्राप्त गरे, कुन संस्थाको समन्वयमा विदेश यात्रा भयो लगायतका विषयमा विस्तृत छानबिन गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारी प्रतिनिधिमण्डल असार १४ गते स्पेन भ्रमणमा गएको थियो र असार २० गते स्वदेश फर्किएको थियो। तर, सो भ्रमणका नाममा सरकारी प्रतिनिधिमण्डलमा नपरेका केही व्यक्तिहरू पनि स्पेन गएकामा आशंका उत्पन्न भएको छ।

गृह मन्त्रालयले स्पेन भ्रमणका क्रममा भएको भिजिट भिसा दुरुपयोग, प्रक्रियागत त्रुटि र समन्वयमा संलग्न निकायबारे अनुसन्धान गर्न निर्देशन दिएको छ। अब सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोले घटनाको पृष्ठभूमि खोतल्नेछ ।
सभार: प्रशासन

प्रतिक्रिया

सम्बन्धित समाचार