https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह/राजिव राय
गाैशाला, असार ३० गते ।
मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले राजनीतिक एकता नहुँदासम्म वन संरक्षणको प्रयास सफल नहुने बताएका छन् ।

मंगलबार महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयद्वारा सञ्चालित नर्सरीको अनुगमन गर्दै मन्त्री यादवले भने, “जबसम्म राजनीतिक एकता हुँदैन, तबसम्म वनको संरक्षण सम्भव हुँदैन।”

उनले जलवायु परिवर्तनको असरका कारण पानीको हाहाकार बढ्दै गएको उल्लेख गर्दै यसको समाधानको मूल उपाय वृक्षारोपण भएको बताए। “पहिला ठूला रुखहरू काटिए, तर सोही अनुपातमा वृक्षारोपण हुन सकेन। त्यसैले अब वृक्षारोपणमा जोड दिनुपर्ने आवश्यकता छ,” मन्त्री यादवको भनाइ थियो ।

अनुगमन कार्यक्रममा मधेस प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवाल, सुजित कुमार झा, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रसहित अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार