https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


महोत्तरी, साउन २ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिका र नेपाली सेनाको गोरखनाथ गण परिकौलीको संयुक्त आयोजनामा मटिहानी वडा नं. ९ सिमरदहीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्वास्थ्य पहुँचबाट टाढा रहेका बासिन्दालाई लक्षित गरी आयोजित शिविरमा जेनरल फिजिसियन, स्त्री रोग, बालरोग, कान-नाक-घाँटी तथा दन्त रोग विशेषज्ञहरूले सेवा प्रदान गरे। शिविरमा नेपाली सेनाको फील्ड अस्पताल बर्दिवास र प्रादेशिक अस्पताल जलेश्वरको प्राविधिक सहयोग रहेको थियो।

नगर प्रमुख हरि प्रसाद मण्डलले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरूलाई राहत मिल्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक भएको बताए। स्थानीयवासी मोख्तार राइनले गाउँमै स्वास्थ्य सेवा पाउँदा ठूलो राहत महसुस भएको बताए।

शिविरको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उपप्रमुख मञ्जु देवी साह, गोरखनाथ गणका सेनानी विनोद बिकास पाठक, प्रहरी उपरीक्षक हेरम्ब शर्मा, अनुसन्धान निर्देशक चन्दन झा, वडा अध्यक्ष मदन चौधरी, पत्रकार महासंघ अध्यक्ष महेश दासलगायतको उपस्थिति थियो।

स्वास्थ्य सचेतना अभिवृद्धि र प्राथमिक उपचार पहुँच विस्तारका लागि आयोजना गरिएको शिविरले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको सहभागिहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार