https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता

पर्सा, साउन २ गते ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित महुँवन माध्यमिक विद्यालयमा छात्राहरूलाई स्कुल झोला वितरण गरिएको छ।

विद्यालय प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सर्मिला बिष्ट महतोले आफ्नै हातबाट छात्राहरूलाई झोला वितरण गर्नुभयो।

उपाध्यक्ष महतोले कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको सिकाइमा सहजता ल्याउने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। “बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न यस्ता साना तर प्रभावकारी पहलहरू निकै उपयोगी छन्,” उहाँले भन्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि, विद्यार्थीहरू तथा स्थानीय समाजका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनले सहयोगका लागि उपाध्यक्ष महतोप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको हौसला बढाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार