https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, साउन ३ गते ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत महोत्तरी जिल्लामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधियुक्त व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

मधेस प्रदेशको महोत्तरी जिल्लाको बलवा नगरपालिका–६, सोनामाईमा आयोजना गरिएको कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री आदरणीय महन्त ठाकुर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा महोत्तरी–२ का संघीय सांसद माननीय शरतसिंह भण्डारीले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गर्नुभएको हो ।

भूमिपूजनसँगै अब आधुनिक प्रविधियुक्त सीपमूलक तालिम केन्द्र निर्माणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । कार्यक्रमका सहभागीहरुले यस परियोजनाले स्थानीयस्तरमा रोजगारी सृजना, युवा सशक्तीकरण तथा सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

श्रममन्त्री भण्डारीको पहलमा सम्भव स्रोतका अनुसार प्रतिष्ठान स्थापनाको यो महत्वाकांक्षी योजना श्रममन्त्री भण्डारीको पहल, योजना र प्रतिबद्धताकै प्रतिफल हो। स्थानीय जनस्तरमा समेत मन्त्री भण्डारीको यो योगदानप्रति आभार व्यक्त गरिएको थियो ।

कार्यक्रममा सयौं स्थानीय बासिन्दा, जनप्रतिनिधिहरू, समाजसेवी, युवा तथा राजनीतिकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भूमिपूजन समारोहले स्थानीयस्तरमै रोजगारीमूलक विकासको नवयुगको सुरुवात भएको सन्देश दिएको छ ।

अन्तर्राष्ट्रियस्तरको सीप तालिम केन्द्र
मधेस प्रदेशमै पहिलोपटक निर्माण हुन लागेको यो प्रविधियुक्त प्रतिष्ठान अन्तर्राष्ट्रियस्तरको हुने जनाइएको छ। निर्माण सम्पन्न भएपछि विभिन्न व्यावसायिक, प्राविधिक तथा श्रममूलक सीपहरूमा तालिम दिइनेछ।

स्थानीय बासिन्दाका अनुसार यस्तो केन्द्र स्थापनाले युवाहरूमाझ वैदेशिक रोजगारीको सट्टा स्वदेशमै सीप सिकेर आत्मनिर्भर बन्ने वातावरण तयार गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार