https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे                                                                           राैतहट, साउन ४ गते ।

राैतहटकाे राजदेवी नगरपालिकामा आज महिला तथा बालिकाविरुद्ध हुने हिंसाका घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न निर्देशिका निर्माणका लागि प्रारम्भिक परामर्श कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम PANAV, FWLD तथा अभियान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र राजदेवी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो।

नगरप्रमुख भिखारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, नगरपालिका कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पीडित सहायता संलग्न निकायहरूको सहभागीता थियो।

परामर्शक्रममा महिला तथा बालिकाविरुद्धको हिंसाको पहिचान, संरक्षण, न्यायिक प्रक्रिया तथा पुनःस्थापनामा एकीकृत दृष्टिकोणलाई आत्मसात गर्दै स्थानीय तहमै कार्यान्वयन गर्न सकिने निर्देशिका निर्माणका लागि सुझाव संकलन गरिएको थियो।

नगरप्रमुख यादवले महिला तथा बालिका विरुद्धको हिंसाप्रति स्थानीय सरकार शून्य सहनशीलताको नीतिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै, “निर्देशिका नगरपालिकालाई अझ संवेदनशील, उत्तरदायी र प्रभावकारी बनाउनेछ,” भन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार