https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाण्डौं, साउन ५ गते ।
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह पार्टी सभापति शेरबहादुर देउवाबाट सम्मानित भएका छन्।

सोमबार काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले सिंहलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। सिंहले पार्टीको केन्द्रीय पुस्तकालय स्थापना तथा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेबापत पार्टीले उनलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा सभापति देउवाले सिंहको सक्रिय नेतृत्व, जनप्रतिनिधिसँगको समन्वय र संगठन विस्तारमा उल्लेखनीय योगदानको प्रशंसा गर्दै, “सिंह स्थानीय जनताको भरोसायोग्य नेता हुनुहुन्छ। उहाँको नेतृत्वमा सर्लाहीका १२ वटा स्थानीय तहमा कांग्रेसले जित हासिल गरेको छ,” भन्नुभयो।

सिंहले दिएको सहयोगले पुस्तकालय व्यवस्थापनमा टेवा पुगेको भन्दै देउवाले पठनसंस्कृतिको प्रवर्द्धनमा यसले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । “नेताहरूले पुस्तकालय स्थापना गरेर पठन संस्कृतिलाई जोड दिनुभएको हो,” नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार विभाग सचिव निकेश त्रिपाठीले बताए।

देउवाले हल्का शैलीमा थपे, “कांग्रेसीहरू पढ्दैनन् भन्ने गुनासो छ, फेरि पढ्न को जान्छ भन्ने पनि सुनिन्छ। तर पुस्तकालयले नीति, सिद्धान्त र ज्ञान आर्जनमा सहयोग गर्नेछ।”

प्रतिक्रिया

सम्बन्धित समाचार