https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद साह
पर्सा, साउन ६ गते ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को आयोजनामा महामानव वी.पी. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वृक्षारोपणको महत्त्वलाई जोड दिँदै भने, “वृक्ष हाम्रा जीवनका आधार हुन्। तीले अक्सिजन, छायाँ, फलफूल र प्राकृतिक सौन्दर्य दिन्छन्। जलवायु परिवर्तन र प्रदूषणको यो समयमा वृक्षारोपण अस्तित्वसँग जोडिएको आवश्यकता बनेको छ।”

उक्त अवसरमा विशिष्ट अतिथि तथा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले महामानव वी.पी. कोइरालाको विचार र समाजवादप्रतिको योगदानलाई स्मरण गर्दै भने, “वातावरणीय सन्तुलन र दिगो विकासतर्फ हामीले वृक्षारोपणमार्फत योगदान दिन सक्नेछौं। वी.पी. कोइरालाको सपना साकार पार्न यो अभियान सशक्त माध्यम बन्न सक्छ।”

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंहको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, वडा नं. ४ का अध्यक्ष जगत प्रसाद कानु, मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मिया, कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, नेविसंघ पर्सा अध्यक्ष रमेश यादव, जिल्ला सदस्य हुकुम सिंह, युवा नेता राकेश यादव, रोशन लामिछाने, रामनिवास यादव, देव प्रकाश पटेल, रुस्तमलगायत नेताहरूको उपस्थिति थियो।

नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता लगायत सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको कार्यक्रममा विकास ठाकुरले सहजीकरण गरेका थिए।

कार्यक्रमले वी.पी. कोइरालाको स्मृतिमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार