https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, साउन ६ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका वडा नं. ५ अन्तर्गतको ऐतिहासिक गौशाला बजारमा ठेक्का व्यवस्थापनको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक मोड लिँदै सोमबार बिहान जनप्रतिनिधि र बजार ठेकेदारमाथि धारिलो हतियारले आक्रमण गरिएको छ। घटनापछि गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महताेले मंगलबार पत्रकार सम्मेलन गरि दोषीहरूलाई तत्काल कार्वाही गर्न माग गरेको छ ।

गौशाला नगरपालिकाले आ.व. २०८२/०८३ का लागि खुला डाकबोल प्रक्रिया मार्फत कानुनी रूपमा ठेक्का सम्झौता गरिसकेको अवस्थामा, मिति २०८२ साउन १ गतेदेखि निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका कर्मचारीहरूले जबरजस्ती ‘मवेशी बजार’को नाममा रसिद काटी अवैध रूपमा राजस्व असुली सुरु गरेका थिए।

नगरपालिकाले उक्त कार्य न त नगर कार्यालयसँग समन्वयमा गरिएको बताएको छ, न त कुनै कानुनी आधारमा आधारित रहेको स्पष्ट पारेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधानको अनुसूची ८ अनुसार बजार व्यवस्थापन स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र पर्न जाने भएकाले सो कदम अस्पष्ट रूपमा अधिकारको अतिक्रमण भएको नगरपालिकाको ठहर छ ।

ठेकेदारको उजुरीपछि रहस्य खुलेको

नगरपालिकाका अनुसार, ठेक्का प्राप्त व्यवसायीले क्षतिपूर्ति र सुरक्षा माग गर्दै दिएको निवेदनपछि मात्र यो विषय सार्वजनिक भएको हो। थप बुझाइपछि उक्त कार्य केही अराजक समूहसँग मिलेर सुनियोजित ढंगले गरिएको पुष्टि भएको बताइएको छ। उनीहरूले सरकारको राजस्व हिनामिना गर्दै, कानुनी प्रक्रियालाई उपेक्षा गर्दै, धम्कीपूर्ण शैलीमा असुली गर्दै आएको जनाइएको छ।

नगरपालिकाको अग्रिम सावधानी प्रयास असफल

नगरपालिकाले मिति २०८२/०४/०४ गते नै निगौल गाई गौशाला व्यवस्थापन कार्यालयलाई औपचारिक पत्राचारमार्फत वार्ताका लागि बोलाए पनि कुनै प्रतिनिधि छलफलमा उपस्थित नभएको जनाइएको छ। त्यही दिन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा इलाका प्रहरी कार्यालय, गौशालालाई पत्र लेखी सोमवार बजारमा सम्भावित झैझगडाको जोखिमका बारेमा जानकारी दिइएको थियो।

धारिलो हतियारसहित आक्रमण, दुई जना गम्भीर घाइते

मिति २०८२/०४/०५ सोमबार बिहान ८ बजे, अवैध रूपमा राजस्व संकलन गरिरहेका निगौल गाई गौशालाका कर्मचारीहरू र अराजक समूह बजारमै फर्सा, चाकु लगायत धारिलो हतियार लिएर प्रस्तुत भएका थिए। सोही समयमा अनुगमनका लागि पुगेको नगर प्रहरी र वडाध्यक्षहरूको टोलीमाथि आक्रमण गरिएको थियो।

आक्रमणमा गौशाला नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर मण्डल र बजार ठेकेदार प्रतिनिधि विजय गम्भीर रूपमा घाइते भएका छन्। नगरपालिकाका अनुसार, यो हमला सुनियोजित रूपमा जनप्रतिनिधि र कर्मचारीको ज्यान लिनु लक्षित थियो ।

“ठेक्का सम्झौता भइसकेको बजार क्षेत्रमा तेस्रो पक्षबाट अवैध असुली गर्नु, फर्जी रसिद बनाउनु, जनप्रतिनिधिमाथि धारिलो हतियार प्रहार गर्नु — सबै कार्य संविधान र कानुनको स्पष्ट उल्लंघन हो। दोषीहरूलाई तुरुन्त नियन्त्रणमा लिई कानुनी कार्वाही होस्,” नगर प्रमुख महताेले पत्रकार सम्मेलन गर्दै माग गरेका छन् ।

कानुनविपरीत, अक्षम्य र कारवाहीयोग्य — नगरपालिका

घटनापछि गौशाला नगरपालिकाले औपचारिक विज्ञप्ति जारी गर्दै यस कार्यलाई निन्दनीय, आपराधिक र अक्षम्य भनेको छ।

नगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, शान्ति-सुरक्षाको प्रत्याभूति र बजार क्षेत्रमा कानूनको शासन कायम गर्न सुरक्षा निकायसँग तुरुन्त कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार